स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको भिमाद नगरपालिकामा २, आँबुखैरेनी गाउँपालिकामा १ गरि ३ जना संक्रमित थपिएका छन् । यो संगै तनहुँमा कुल कोरोना संक्रमित १६४ जना छ ।
आँबुखैरेनीमा आज कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनास नगरपालिका-१० घर भई हाल आँबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सैनिक रहेको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
प्रमुख उपाध्यायका अनुसार संक्रमित पुरुष रामशाह माविको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा पठाइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ६४ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा ८ जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला