तनहुँ । तनहुँको दमौलीमा रहेको आइसोलेसनमा दमौलीका स्थानीय चार जना युवाले दैनिक २० लिटर सम्म दुध व्यवस्थापन गरेका छन् ।
युवाहरुले सोमबारदेखि आइसोलेसनमा बसेकाहरुको पौष्टिक आहारमा बृद्धि गर्ने उद्देश्यले एक महिनासम्म आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई दैनिक दुध उपलब्ध गराउने भएका छन ।
व्यास नगरपालिकाले दमौलीका दुई स्थानमा बनाएको आइसोलेसन कक्षमा उपचारका लागि बस्दै आएका कोरोना संक्रमितहरुका लागि एक महिनाको लागि दुध व्यवस्थापन गरेका हुन् ।
व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–३ स्थित व्यासगुफा नजिक स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका संक्रमितहरुको लागि दुध व्यवस्थापन गरिएको छ ।

आइसोलेसन कक्षमा रहेका व्यक्तिहरुलाई उपचारको क्रममा पौष्ट्रिक आहारको कमि नहोस भनि असार १५ देखि श्रावण १५ गते सम्म एक महिनाको लागि चार युवा मिलेर दुध व्यवस्थापन गरेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।
आइसोलेसनमा दुध व्यवस्थापनका लागि व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठ, नेपाली काँग्रेस तनहुँका सदस्य एवं खनाल कन्स्ट्रक्सनका संञ्चालक लक्ष्मीभक्त खनाल, नेबिसंघ तनहुँका पुर्व अध्यक्ष बसन्त बहादुर आले र सुगम पेट्रोल पम्पका संञ्चालक महेश बतासले सहयोग गरेका हुन् ।
राज्यले तोकेका र दिदै गरेको सुविधा भित्र दुध नपरेको देखेपछि चार युवाहरु मिलेर सहयोग योजना अनुरुप दुध व्यवस्थापन गरिएको युवा नेता लक्ष्मीभक्त खनालले बताए ।

आवश्यकता अनुरुप जिल्ला भित्र स्थापना गरिएका आइसोलेसन तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई आवश्यकता अनुरुप माक्स,खाजा,पानी र पौष्टिक आहार लगायतका आवश्यक वास्तु सहयोग गर्दै आएको खनालले बताए ।
सहयोग दाताहरुको व्यवस्थापनमा सोमबारबाट आईसोलेसनका संक्रमितहरुलाई दुध दिन शुरु गरिएको आदिकवि भानुभक्त क्याम्पसको आईसोलेसनका स्वंमसेवक सजय श्रेष्ठ र व्यास ३ स्थित आईसोलेसन कक्षको अहेब महेन्द्र गौतमले बताए ।
यो पनि:
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन