किरण श्रेष्ठ, तनहुँ । तनहुँमा सोमबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आज(सोमबार) बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये जना ४ जना अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
बन्दिपुरमा थपिएका मध्य वर्ष २३, २६ ३६, ३६ र १९ वर्षका ५ जना महिला छन् भने वर्ष ३१,४४,४० र ४८ का ४ जना पुरुष रहेका छ्न । त्यस्तै घिरिङ गाउँपालिकाकी ३० वर्षिया १ जना महिलामा कोरोना पुष्टि भएको हो ।
आज १० जना कोरोना संक्रमित थपिए सँगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय १९ जना पुगेको छ ।
आइतबार मात्रै लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत
३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
बन्दिपुरका ५ जना र घिरिङका १ जना कोरोना संक्रमित भारतबाट आएका हुन् । बन्दिपुरका अन्य ४ जना भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी/कर्मचारी हुन् ।
गत असार ८ गते बन्दिपुर गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै असार ९ गतेदेखि बन्दिपुर गाउँपालिकाले असार १६ गतेसम्म गाउँपालिका सिल गरेको थियो । उक्त एक हप्ते सिल कोरोना संक्रमण बढेसंगै बन्दिपुर गाउँपालिकाले असार २२ गते सम्म लब्याएको छ ।
असार ८ गते गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि थप कन्ट्रयाक्ट ट्रेसिङ गरि गत असार १० गते बन्दिपुर गाउँपालिकाका अध्यक्षसहित १०१ जनाको थ्रोट स्वाब संकलन गरि पोखरा पठाइएको थियो ।
जसमध्ये ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । अन्यको भने रिपोर्ट नेगेटिभ आएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । अत्यावश्यक काम बाहेक बाहिर नहिड्न गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय १९ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ११ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन