किरण श्रेष्ठ, तनहुँ । तनहुँमा कोरोना संक्रमित बढेसंगै थप नयाँ आइसोलेसन र भएका आइसोलेसनमा बेड थप्ने कार्य तिब्र अगाडी बढाइएको छ ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा थप २० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय भएको छ ।
शुक्लागण्डकी नगर कार्यपालिकाको सोमबार बसेको बैठकले हाल रहेको आइसोलेसन बेड कमि भएकाले पहिलो तल्लामा २० बेडको आइसोेलेसन बेड थप्ने निर्णय गरेको प्रवक्ता खिम बहादुर कुमालले जानकारी दिए ।
अहिले अस्पतालमा ३० बेडको आइसोलेसन रहेको छ । ३० वटै बेड कोरोना संक्रमितले भरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठल बताए ।
अहिले सम्म उक्त अस्पतालमा बसेका १० जना कोरोना संक्रमित निको भएर फर्कीसकेका छन ।
साथै स्वाब परिक्षणका लागि पीसीआर मेसीन खरिद गर्ने निर्णय गरिएको छ । तनहुँका १० वटै स्थानीय तह मिलेल पीसीआर मेसीन खरिद गर्ने निर्णय गरेका थिए ।
यसको जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिइएको थियो ।
त्यस्तै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छ्न।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशन कक्षको निरीक्षणपछि उनले जिल्लामा थप आइसोलेशन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेसन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिए । तनहुँमा शुक्रबार सम्म १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनलाई आइसोलेसन बनाइएको छ । जहाँ ७० बेड क्षमता रहेको छ । अहिले उक्त आइसोलेसनमा ऋषिङ गाउँपालिकाका २१ जना, म्याग्देका ९ जना र व्यासका २ जना कोरोना संक्रमित रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा ३० जना (व्यासकी १ जना महिला होम आइसोलेसनमा), दमौली अस्पतालको आइसोलेसनमा १५ जना, शुक्लागण्डकी स्थित जिपि कोइरला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० जना, भिमाद स्थित प्राविधिक शिक्षालयमा ४ जना र बन्दीपुर अस्पतालको आइसोलेसनमा ११ जनालाई रखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्थामा समान्य रहेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०२ जना पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १० जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल