तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनिहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
यसअघि घिरिङ कै एक जना पुरुष र ऋषिङ गाउँपालिकाको ३ जना भारतबाट आएका पुरुषहरूमा संक्रमण पुष्टि भएको थियो ।
सबै संक्रमितको उपचार जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसन कक्षमा भईरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग