तनहुँ । तनहुँका स्थानीय तहले आफ्नै लगानीमा कोरना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने भएको छ ।
बिहिबार म्याग्दे गाउँपालिकामा बसेको स्थानिय तहका प्रमुखहरुको वैठकले उक्त निर्णय गरेको हो । तनहुँका १० वटा स्थानीय तहहरुले सयुक्त रुपमा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेका हुन् ।
उक्त पीसीआर मेसिन जिपि काेईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिने समेत निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति स्वास्थ्य निर्देशनालय गण्डकीसंग माग गर्ने निर्णय गरिएको छ ।
पीसीआर मेसिन खरिद सहित पूर्वाधार निर्माणका लागि एक करोड खर्च हुनु अनुमान गरिएको छ । उक्त खर्च तनहुँका स्थानीय तहले प्रतिशतका आधारका बेहोर्ने निर्णय गरिएको छ ।
जसमा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास नगरपालिकाले १२ प्रतिशत, भानु नगरपालिकाले १२ प्रतिशत, भिमाद नगरपालिकाले १२ प्रतिशत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले ९ प्रतिशत र देवघाट गाउँपालिकाले ५ प्रतिशत रकम बेर्होने निर्णय भएको छ ।
पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माणका लागि शुक्लागण्डकी नगरपालिकालाई जिम्मा दिइएको छ ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाको अध्यक्षतमा भएको सो बैठकमा भानु र भिमाद बाहेकका स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
बैठकमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ र देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापाको उपस्थिती रहेको थियो ।
त्यस्तै बैठकमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र प्रमुख जिल्ला अ धिकारी बद्रीनाथ अधिकारीको समेत उपस्थिती रहेको थियो ।


सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन