किरण श्रेष्ठ, तनहुँ । तनहुँमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ निर्देशनालय गण्डकीका अनुसार ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
तनहुँ जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हो ।
गत जेठ १० गते भारतबाट आएका उनि व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा तयार गरेको क्वारेनटाइनमा बसेका छन् । व्यास नगरपालिकाले बनाएको उक्त क्वारेन्टाइनमा उनिसंगै ९८ जना बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
तीन दिन अगाडि थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको आज अइतबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखिएको हो ।
जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको अवस्था सामान्य भएको र उनलाई सुरक्षित रुपमा आइसोलेसनमा राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।
ऋषिङ गाउँपालिकाबाट नजिकको पालिका व्यास नगरपालिका भएपनि व्यासले क्रियापुत्री भवनमा बनाएको आइसोलेसनलाई क्वारेन्टाइनमा परिमार्जन गरेपछि व्यास नगरपालिकामा अहिले आइसोलेसन कक्ष छैन ।
त्यस्तै, गण्डकी प्रदेशका स्याङ्जामा दुइ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाको गल्याङ क्वारेनटाइनमा रहेका २७ र ४० वर्षा दुइजना पुरुषमा कोरोना देखिएको हो ।
गण्डकीको बाग्लुङ्गमा ६ जना पुरुष र २ महिला, स्याङ्गजामा ६ पुरुष र १ महिला, म्याग्दीमा १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ५ पुरुष र १ महिला, लमजुङ्गमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा यो सँगै २४ जनामा कोरोना देखिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३१९५ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २९०७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २६८ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा