तनहुँ । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका मध्य तनहुँका १२ जना, नवलपुरका १८ जना, गोरखाका ११ जना र मनाङका १ जना गरि गण्डकी प्रदेशका ४२ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनाङको १ जना कपिलबस्तुबाट फर्किएका हुन ।
अरु सबै भारतबाट फर्किएका व्यक्ति हुन । अहिले सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन ।
गण्डकीको मुस्ताङ बाहेक अन्य १० जिल्लामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँमा संक्रमितको संख्या २३ पुग्यो
तनहुँमा थपिए १२ जना संक्रमित मध्ये ऋषिङ गाउँपालिका ७ जना, भानु नगरपालिका ४ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छ ।
योसंगै तनहुँमा संक्रमितको संख्या २३ पुगेको छ । जसमध्य २ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन