तनहुँ । तनहुँकाे शुक्लागण्डकी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका वर्ष १२ र ४६ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । उनिहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सोमबार साझमात्रै तनहुँको ऋषिङ गाउँपालिकाका दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचार गराईरहेका वर्ष ९० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन