तनहुँ । तनहुँकाे शुक्लागण्डकी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका वर्ष १२ र ४६ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । उनिहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सोमबार साझमात्रै तनहुँको ऋषिङ गाउँपालिकाका दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचार गराईरहेका वर्ष ९० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो पनि:
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन