पोखरा । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तनहुँमा १, लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय २९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले बुधबार बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार तनहुँको देवघाट गाउँपालिकाका १ जना २३ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका बाहेक अन्य ९ पालिकामा संक्रमण पुष्टि भईसकेको छ ।
त्यस्तै बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिकामा१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन