किरण श्रेष्ठ, तनहुँ । तनहुँमा आज(बिहिबार) काेराेना पुष्टि भएका १५ जनालाई दमौलीको क्रियापुत्री भवनमा बनाईएको आइसाेलेसन कक्षमा राखिएको छ ।
तनहुँको व्यास नगरपालिकाले व्यास-३ स्थित व्यास गुफा नजिक क्रियापुत्री भवनमा बनाएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखिएको हो ।
बिहिबार तनहुँको व्यास नगरपालिकाका ३ जना, ऋषिङ गाउँपालिकाका ७ जना, भानु नगरपालिकाका ४ जना र शुक्लागण्डकी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै तनहुँमा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।
तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेर हिजो बुधबार क्वारेन्टाइनबाट घर जाने १ जना र मदर्शा प्रावि व्यास-४ को क्वारेन्टाइनमा बसेका २ जना गरि व्यास नगरपालिकाका ३ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनबाट हिजो घर गएका कोरोना संक्रमित व्यक्ति व्यास–१३ का हुन । उनि गत जेठ १० गते भारतबाट आएका थिए ।
बुधबार साँझ पीसीआर रिपोर्ट नआउदै घर जाने ५० जना मध्यका १ जना लाई कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
आज संक्रमण पुष्टि भएकाहरु लाई आइसोलेसनमा ल्याइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उनले भने ‘शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र नेपाली सेना खटाएका छौ ।’
हिजो(बुधबार) साँझ नछोड्न भनेको थिए तर क्वारेन्टाइनमा बसेका ५० जना लाई घर जान दिईएछ प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । ‘मैले त राति भईसक्यो आज नछोडौ भनेको थिए ।’ प्रजिअ अधिकारीले भने ‘नगरपालिकामा कुरा गर्दा मेयरले जान दिनुभएछ ।’
क्रियापुत्री भवनको आइसोलेसन १६ वेड क्षमताको
क्रियापुत्री भवनमा बनाइएको आइसोलेसन १६ वेड क्षमताको रहेको दमौली अस्पतालमा डा.सुनिल पौड्यालले बताए । २ जना डाक्टर, १ जना स्वास्थ्यकर्मी र १ जना सहयोगी आइसोलेसनमा खटाइएको डा. पौड्यालले जानकारी दिए ।

‘एउटा कोठामा २ वटा वेड राखेका छौ ।’ डा. पौड्यालले भने ‘पहिले आइसोलेसन ८ वेडको बनाइएको थियो तर कोरोना संक्रमित बढेसंगै वेड संख्या थपेका हौ ।’ उनले भने ‘आइसोलेसनको सम्पूर्ण व्यवस्थापन दमौली अस्पतालले गरिरहेको छ ।’
तनहुँमा कोरोना संक्रमितको संख्या २६ पुग्यो
तनहुँमा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ । २६ जनामा कोरोना पोजिटिभ देखिएकामा २ जना निको भएर घर फर्किसकेका छन् ।
नयाँ कोरोना पोजिटिभ देखिनेमा ऋषिङ गाउँपालिकाका ७ जना, भानु नगरपालिकाका ४ जना, व्यास नगरपालिकाका ३ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा अहिले ९ जना कोरोना संक्रमित रहेका छ्न ।
सोहि अस्पतालको आइसोलेसनमा बसेको ऋषिङ गाउँपालिकाका २ जना भने निको भएर घर फर्किसकेका छ्न ।
यो पनि:
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’