किरण श्रेष्ठ, तनहुँ । तनहुँको भिमाद नगरपालिकाले जनज्योति क्याम्पसमा बनाएको क्वारेन्टाइनमा तोडफोड भएको छ ।
बिहिबार राति १० बजेपछि सो क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोडमा उत्रिएको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए ।
बिहिबार राति भएको तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्ची क्षति भएको अध्यक्ष आलेले बताए । क्वारेन्टाइन भएको क्याम्पस भिमाद बजारको छेउमा रहको छ ।
क्वारेन्टाइनमा बस्नेहरुलाई उनिहरुको आफन्तले मदिरा र सुर्तीजन्य पदार्थ क्वारेन्टाइन मै सुरक्षाकर्मीको आखाँ छलेर लगिदिने गरेका छ्न । सो कुरा सत्य नै भएको क्याम्पस संचालक समितिका अध्यक्ष आलेले स्वीकार गरे ।
‘लामो समय सम्म क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर रिपोर्ट नआउँदा आन्दोलन संगै तोडफोडमा उत्रिएछन ।’ अध्यक्ष आलेले भने ‘हिजो राति क्याम्पसमा भएको तोडफोडबाट ठुलै क्षति पुगेको छ ।’
उनले थपे ‘क्वारेन्टाइनमा बसेकालाई आफन्तले रातको समयमा मदिरा लगिदिएपछि लामो समयदेखि रिपोर्टको पर्खाइमा बसेका उग्र रुपमा हिजो तोडफोड मै उत्रिएछन् ।’ मदिरा(रक्सि) सेवन गरेपछि क्वारेन्टाइनमा बसेका हो-हल्ला गर्दा तोडफोडमा उत्रिएका थिए ।
आज (शुक्रबार) बिहान बिहिबार राति भएको तोडफोडको घटनालाई लिएर भिमाद नगरपालिकामा सर्वदलिय बैठक बसेको थियो ।
उक्त सर्वदलिय बैठकमा क्वारेन्टाइनमा खाना खाजाको राम्रो व्यवस्थापन, क्वारेन्टाइनको संख्या बढाई क्षमता अनुसारको राख्न सुझाव दिएको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए ।
उक्त जनज्योति क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा ७२ जना बस्दै आएका छ्न । करिब २ हप्ता हुन लाग्दा समेत रिपोर्ट नआएपछी क्वारेन्टाइनमा बसेकाहरु तोडफोडमा उत्रिएका हुन् ।
भिमाद नगरपालिकाका स्वास्थ्य शाखाबाट क्वारेन्टाइनमा जाने गरेतापनि नगरपालिकाबाट क्वारेइटाइनमा बसेकाको हौसला बढाउन जनप्रतिनिधि नजाने क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।
क्याम्पसमा क्वारेन्टाइन सुरक्षित छैन
क्याम्पसको शैक्षिक भवन नगरपालिकालाई सहयोग होस् भनेर क्वारेन्टाइन बनाउन दियौ तर क्याम्पस मै तोडफोड भएछ जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्लेले बताए । उनले भने ‘यसरि त क्याम्पस जोगाउने गाह्रो हुने भयो ।’
‘क्याम्पसमा कम्पाउण्ड छैन, सुरक्षाको हिसाबले पनि हाम्रो क्याम्पसमा क्वारेन्टाइन सुरक्षित छैन ।’ क्याम्पस प्रमुख काफ्लेले भने ‘खुल्ला ठाउँ र छेउ मै सेती छ ।’ उनले थपे ‘कुनै अप्रिय घटना नघटोस ।’
क्याम्पस पमुख काफ्ले भन्छन ‘अझै क्याम्पस जस्तो शिक्षालयमा रक्सि र चुरोट समेत लैजाने/खाने गरेको भन्न सुनियो ।’
हामी लाई अरु नै तनाव छ, यो सामान्य घटना हो – मेयर
बिहिबार रात्ति क्वारेन्टाइनमा भएको तोडफोडको घटना सामान्य भएको भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले बताए । ‘हामीलाई अरु नै तनाव छ ।’ प्रमुख थापाले भने ‘क्वारेन्टाइनमा अलि अलि त भईहाल्छ नि, ठुलो कुरा होइन ।’
घट्ना सामान्य भएको र आज बैठक बसेर सबै मिलेको नगरप्रमुख थापाले बताए । उनले थपे ‘हाम्रो नगरपालिकाको क्वारेन्टाइन तनहुँ जिल्ला कै नम्बर वान छ । हेर्न आए हुन्छ ।’
यो पनि:
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’