तनहुँ । तनहुँका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ ।
सोमबार साँझ तनहुँमा थपिएका मध्ये भिमाद नगरपालिकाका ३, घिरिङ गाउँपालिकाका १, आँवुखैरेनी गाउँपालिकाका ३ र बन्दिपुर गाउँपालिकाका ११ रहेका छ्न ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बन्दिपुर गाउँपालिकामा १० जना संक्रमित पुष्टि भनेतापनि बन्दिपुर गाउँपालिकाले भने संक्रमितको संख्या ११ जना रहेको बताएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, भिमाद नगरपालिकाका ३ जना, आँवुखैरेनी गाउँपालिकाका ३ जना र बन्दिपुर गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा संक्रमितलाई उपचार गर्न शुक्लागण्डकी नगरपालिकाको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसन ३०, व्यास नगरपालिकामा १६ र बन्दिपुर गाउँपालिकामा ८ गरी ५४ शय्या क्षमताको आइसोलसन कक्ष निर्माण गरिएको छ ।
यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन