किरण श्रेष्ठ, तनहुँ । तनहुँका एक वर्षीय बालकसहित ६ जनाले कोरोनालाई जितेका छ्न । तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतरामा रहेको जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसनमा रहेका १ वर्षीय बालकसहित ६ जना कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।
निको भएका ६ जना मध्य ५ जनालाई शनिबार साँझ अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालमा निमित्त कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठले बताए ।
शनिबार कोरोना जितेर आइसोलेसनाबाट डिस्चार्ज हुनेमा तनहुँको ऋषिङ गाँउपालिकाका एक वर्षीय बालक, बालकका बुबा २८ वर्षीय पुरुष, बालकका आमा २५ वर्षिया महिला रहेका छन् ।
उनिहरु ऋषिङ गाँउपालिका-६ का हुन् । त्यस्तै ऋषिङ गाँउपालिका-७ का २० वर्षीय पुरुष पनि शनिबार नै डिस्चार्ज भएका छन् ।

त्यसैगरी शनिबार साँझ शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर ९ का २२ वर्षीय पुरुष पनि शनिबार साँझ कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै घिरिङ गाउँपालिका-१ का २६ वर्षीय पुरुषले पनि कोरोना जितेका छ्न । उनि भने आज बिहान आइसोलेसनबाट घर फर्किदै छन ।
योसँगै तनहुँका कोरोना जितेर निको हुनेको संख्या १६ जना पुगेको छ । त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०८ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ११ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन