किरण श्रेष्ठ, तनहुँ । तनहुँका एक वर्षीय बालकसहित ६ जनाले कोरोनालाई जितेका छ्न । तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतरामा रहेको जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आईसोलेसनमा रहेका १ वर्षीय बालकसहित ६ जना कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।
निको भएका ६ जना मध्य ५ जनालाई शनिबार साँझ अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालमा निमित्त कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठले बताए ।
शनिबार कोरोना जितेर आइसोलेसनाबाट डिस्चार्ज हुनेमा तनहुँको ऋषिङ गाँउपालिकाका एक वर्षीय बालक, बालकका बुबा २८ वर्षीय पुरुष, बालकका आमा २५ वर्षिया महिला रहेका छन् ।
उनिहरु ऋषिङ गाँउपालिका-६ का हुन् । त्यस्तै ऋषिङ गाँउपालिका-७ का २० वर्षीय पुरुष पनि शनिबार नै डिस्चार्ज भएका छन् ।

त्यसैगरी शनिबार साँझ शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर ९ का २२ वर्षीय पुरुष पनि शनिबार साँझ कोरोना जितेर घर फर्किएका छन् ।
त्यस्तै घिरिङ गाउँपालिका-१ का २६ वर्षीय पुरुषले पनि कोरोना जितेका छ्न । उनि भने आज बिहान आइसोलेसनबाट घर फर्किदै छन ।
योसँगै तनहुँका कोरोना जितेर निको हुनेको संख्या १६ जना पुगेको छ । त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या १०८ जना पुगेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०८ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ११ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन