तनहुँ । तनहुँको व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संक्रमित बारे जनाइएको छ ।
तनहुँको व्यास नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय २४ जना पुगेको छ ।तनहुँमा कोरोनालाई जितेर निको भएर घर फर्किनेको संख्या १६ जना पुगेको छ ।
सोमबार मात्रै जिल्लामा थप १० जना कोरोना संक्रमित थपिएका थिए ।
तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएका हुन ।
बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये जना ४ जना अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय २४ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १६ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग