तनहुँ । तनहुको भानु नगरपालिकाको क्वारेन्टाइनबाट उपचारका लागी लैजादा बाटोमा मृत्यु भएका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत असार २३ गते भारतबाट आएका भानु नगरपालिका-५ मैबल(गरमभन्ज्याङ्ग)का ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिबार बिहान पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उनले भने ‘कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएछ ।’ मृतक श्रेष्ठ जिल्लाको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइन बस्दै आएका थिए ।
शनिबार बिहान करिब ५ बजे एक्कासि बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
क्वारेन्टाइनमा रहँदा नै उहाँमा उच्च रक्तचाप, प्यारालाइसिस र मधुमेहको समस्या देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।
क्वारेइन्टाइनमै उपचार नपाएर मृत्यु भएको हो : आफन्त
तर मृतकका आफन्तले बिहान क्वारेन्टाइनमै मधुमेहको उपचार नपाएर मृत्यु भएको बताउछन । एक आफन्तले भने ‘उहाँ बुढो मान्छे त्यहि माथि सुगर र प्रेसरको बिरामी क्वारेन्टाइनमा बस्दा राम्रो उपचार र सेवा नपाउदा क्वारेइन्टाइन मै ज्यान गुनाउन पर्यो ।
सिडियो र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले उपचारका लागी बाटोमा लैजादा मृत्यु भएको भनेतापनि उक्त कुरामा सत्यता नभएको र क्वारेन्टाइनमै श्रेष्ठको मृत्यु भएको मृतकका आफन्तले बताए ।
अहिले आफन्तले शव अन्तिम संकारका लागी बुझेका छन् ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ५३ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २१ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ११ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना, भिमाद नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या १०० जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ७ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २४ जना, आँबुखैरेनी गाउँपालिकाका ४ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी १०० जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यो पनि…
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक