तनहुँ । तनहुँका थप १ जनासहित गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहुँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये तनहुँको शुक्लागण्डकीमा एक महिला हुन् । त्यस्तै नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना ।

कास्कीको पोखरा महानगरपालिकामा १ पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।
बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो ।
यो पनि:
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन