किरण श्रेष्ठ, तनहुँ । तनहुँमा आज आइतबार(असार २१ गते) एकै दिन ३२ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरु तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा उपचारत रहेका थिए ।
दुई हप्तासम्म आइसोलेसनमा राखेर उपचार गरेपछि आइतबार साँझ उनीहरुलाई घर पठाइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् । भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेटाईनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
निको हुनेहरुमा व्यास नगरपालिकाका ५ जना, म्याग्दे गाउँपालिकाका ६ जना, ऋषिङ गाउँपालिकाका १८ जना र भानु नगरपालिकाका ३ जना रहेका छन् ।

पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सोतीले जानकारी दिए । योसँगै तनहुँमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६७ जना पुगेको छ ।
उक्त क्याम्पसको आइसोलेसनमा रहेका अन्य ६ जनाको भने दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको सोतीले जानकारी दिए । उनिहरुलाई आइसोलेसनमै राखिने र केहि दिनपछि पुन: पीसीआर गरिने उनले बताए ।
जिल्लामा आइतबार(असार २१ गते) सम्म १ सय ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४० जना पुगेको छ भने ६७ जना निको भएर घर फर्किएका छन् । जिल्लामा सबैभन्दा धेरै संक्रमित ऋषिङ गाउँपालिकामा रहेका छन् भने सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ९ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या ६७ जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ७ जना, भानु नगरपालिकाका ३ जना, शुक्लागण्डकी नगरपालिकाका ४ जना, ऋषिङ गाउँपालिकाका २४ जना, घिरिङ गाउँपालिकाका २२ जना, आँबुखैरेनी गाउँपालिकाका १ जना र म्याग्दे गाउँपालिका ६ जना गरी ६७ जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यो पनि:
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक