गत असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका-५ मैबल(गरमभन्ज्याङ्ग)का ६६ वर्षका रामबहादुर श्रेष्ठको शनिबार बिहान पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
उनले भने ‘कोरोना सङ्क्रमण भए/नभएको पुष्टि गर्न स्वाब परीक्षणको तयारी भईरहेको छ ।’
शनिबार बिहान करिब ५ बजे एक्कासि बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी उपचारको लागि पोखरा पठाइएकोमा बाटोमा नै मृत्यु भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
क्वारेन्टाइनमा रहँदा नै उहाँमा उच्च रक्तचाप, प्यारालाइसिस र मधुमेहको समस्या देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ५३ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २१ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ११ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना, भिमाद नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला