तनहुँको व्यास नगरपालिकाको क्वारेन्टाइन: विद्यालयको पिंढीमा बेञ्चमा सुत्नुपर्ने बाध्यता (फोटो सहित)

तनहुँको व्यास नगरपालिकाको क्वारेन्टाइन: विद्यालयको पिंढीमा बेञ्चमा सुत्नुपर्ने बाध्यता (फोटो सहित)

Satyawati Qurantine2

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका–९ का किशोर बानियाँ(२४) शनिबार दुबईबाट फर्किएका हुन् । रोजगारीका लागी विदेश गएका उनी कोरोना भाइरस (कोभिड–१९) महामारीका कै बीच हिजो (शनिबार) नेपाल फर्किएका छन् ।

नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झर्ने बित्तिकै नेपालि सेनाले धुमबाराही लगेर व्यक्तिगत जानकारी लिएपछि गाडि खोजेर तनहुँ पठाइदिएको बानियाँले बताए ।

उनलाई जिल्लाको दमौली बजार आइपुग्ने बित्तिकै असार २७ गते (शनिबार) साँझ व्यास नगरपालिकाले वडा नं. २ को सत्यवती माविमा बनाएको क्वारेन्टाइनमा राखिएको छ ।

बानियाँ क्वारेन्टाइनमा राम्रो खाने, बस्ने, ओढ्ने ओछ्याउने सबै व्यवस्था नगरपालिकाले गरेको होला भन्दै अत्याधिक खुशी हुँदै क्वारेन्टाइनमा बस्न गएका थिए तर जब उनी क्वारेन्टाइनमा पुगे, अचम्ममा परे ।

‘सामुदायिक विद्यालयको कोठाबाहिर बेञ्च थियो । कोठा बाहिर नै एउटा एउटा-फर्म दिईयो र बेञ्चमा ओछ्याएर बाहिरै सुत्न भनियो । जिउँ छोप्ने सानो कम्मल समेत दिइएन । ‘ बानियाँले गण्डक न्युजसंग फोनमा भने ‘झरीको बेला रातभर बाहिरै जसोतसो सुतियो, आफुसंग ज्याकेट थियो त्यहि ओढियो ।’

‘मैले त क्वारेन्टाइनमा आएर सुरक्षित हुन्छु भन्ने सोचेको थिएँ, बाटोमा आउँदा कतै संक्रमण भइहालेको भएपनि मेरो उपचार हुन्छ सोचेको थिएँ’ बानियाँले भने ‘यहाँ आएर त झन् संक्रमण हुने खतरा पो भयो ।’

उनी नगरपालिकाले आफूहरुलाई जोखिममा पारेको बताउँछन् । किशोर जस्तै यो क्वारेन्टाइनमा हिजो साझदेखि आज दिउसोसम्म विदेशबाट ८ जनाभन्दा बढी आएका छन् । उनले भने ‘राति आइपुगें देखि अहिले आउनेहरु सबैजना बाहिर नै छौ । नगरपालिका र सम्बन्धित निकायबाट कोहिपनि प्रतिनिधि नआएको उनीहरुको गुनासो रहेको छ ।

हिजी राति आउने ६ जना मध्ये १ जना महिला समेत रहेको बानियाँले जानकारी दिए ।

क्वारेन्टाइनका अर्का युवकले थपे, ‘कसैले सीडीओलाई भन भन्छन्, कसैले नगरपालिकालिई त, कसैले प्रहरीलाई भन भन्छन्, हामीसंग अपराधीको जस्तो व्यवहार हुँदैछ ।’ उनले भने ‘हाम्रो कुरा त कसैले सुनेंनन, सारै नमज्जा लागिरहेको छ ।’

बाहिरबाट आएका मानिस बस्न बनाइएको क्वारेन्टाइन झारा टार्ने खालका मात्र भएका खुलेको छ । स्थानीय विद्यालय भवन देखाएर क्वारेन्टाइन भन्ने गरेको पाइएको छ ।

जानकारी नै भएन : व्यासका स्वास्थ्य शाखा प्रमुख

हामिलाई हिजो राति कुनै जानकारी नभएको हुँदा उहाँहरु क्वारेन्टाइनको कोठा बाहिर नै बस्नु परेछ व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

‘कति जना आउदै छन् भनेर जानकारी नै पाइदैन ।’ प्रमुख सोतीले भने ‘पूर्व जानकारी नहुदाँ अचानक म्यानेज गर्न गाह्रो हुने गरेको छ ।

उनले थपे ‘झरीको बेला राति ओत लागाउनेसम्म गरिएको रैछ ।’  उहाँहरुलाई जनासेवा प्राविको क्वारेन्टाइनमा लैजाने तयारी गरिरहेको प्रमुख सोतीले बताए ।

कोरोना नियन्त्रणका लागि व्यास नगरपालिकाको खर्च १ करोड ४६ लाख ९९ हजार

व्यास नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को नियन्त्रणका लागि १ करोड ४६ लाख ९९ हजार ४ सय ९ रुपैयाँ खर्च गरिसकेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

नगरपालिकाको आन्तरिक संगै विभिन्न संघ संस्था र व्यक्तिबाट उक्त कोषमा असार २४ गते सम्म १ करोड ८१ लाख १२ हजार २ सय ८ रुपैंया जम्मा भएको पन्तले जानकारी दिए ।

उनले भने ‘अहिले बैंकमा ३४ लाख १२ हजार ७ सय ९९ रुपैया रहेको छ ।’ नगरपालिकाले कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी १ करोड ४६ लाख ९९ हजार ४ सय ९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै हिजो राति बिना जानकारी आईपुगेको हुँदा विदेशबाट आएकालाई व्यवस्थापन गर्न नसकिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए । उनले भने ‘अहिले व्यवस्थापन गर्दै छौं ।’

जिल्लामा संक्रमितको संख्या १ सय ५९ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।

किशोर बानियाँ भन्छन ‘सरकार क्वारेन्टाइन सुबिधा भनी खर्च गरेको अर्बौ रुपैया खै ? २४ घन्टाको लामो यात्रा पछि उद्दार भनी गरिएको चार्टर फ्लाइटबाट नेपाल आइयो, अत्याधिक खुसी थिए तर तनहुँ जिल्लाको सदरमुकाम दमौली सत्यवती स्कुलको क्वारेन्टाइनमा आएपछि भने मेरो खुसी निरासामा परिणत भएको । यो झरिको बेला बेन्चिमा त्यो पनि सिढी/पिढीमा एउटा साधारण म्याट ओछाएर रात कटाए अब बिहान भयो ब्यबस्थापन होलान्त भन्ने सोचेको थिए तर अहिलेसम्म यस जिल्ला/वडाका कोहि प्रतिनिधि तथा जिम्मेवार ब्यक्तिको उपस्थिती भने छैन । “म कोरोनालाई जित्न सक्छु त्यो मलाइ थाहा छ तर सरकारको फितलो व्यवस्थापनले म नबाच्न पनि सक्छु” यो वाक्य मेरो मात्र हैन यहाँ पिढिमा लडिरहेका सबैको बोली हो ।’

कस्तो हुनुपर्छ क्वारेन्टाइन ?

राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवश्यकता पूरा हुन सक्ने हुनुपर्छ । बस्तीभन्दा अलि टाढा हुनुपर्छ । यातायातको सुविधा हुनुपर्छ, सञ्चार र खानेपानीको सुविधा हुनुपर्छ । सरसरफाइ हुनुपर्छ । कसैलाई संक्रमणको लक्षण देखियो भने तुरुन्तै अस्पताल लान सक्ने गरी एम्बुलेन्स लगायतको आवश्यक सुविधा हुनुपर्छ ।

बसेका मान्छेहरूलाई सकारात्मक काउन्सिलिङ हुनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा खाने ,नियमपुर्वक मास्क लगाउने, बेलाबेला हात धुने, सकेसम्म छुट्टै बाथरुम प्रयोग गर्ने नभए हरेक पटक डिसइन्फेक्सन गर्ने , सिर्जनात्मक कार्य गरेर बस्ने खालको हुनुपर्छ ।

क्वारेन्टाइन बसेको खान प्रयोग गरेका ब्यक्तिले प्रयोग गरेका भाडाकुडा अरुले प्रयोग नगर्ने, सकारात्मक हुने सोच्ने ,जथाभावी हिँडडुल नगर्ने ,बेला–बेला शरीरको तापक्रम नाप्ने गर्नुपर्छ । हरेकको अलग अलग थर्मामिटर हुनुपर्छ । संक्रमणको लक्षण देखिएमा सुरक्षित हिसावले तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्ने सुविधा हुनुपर्छ । १४ दिनसम्म बस्दा पनि कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ । क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन । यो त अरुलाई नसरोस भनेर हो। यसमा उच्च मनोबल बनाउनुपर्छ । ब्यक्तिगत सरसफाइमा बिशेष ध्यान दिनुपर्छ ।

क्वारेन्टाइनको मापदण्ड अनुसार शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्नुपर्ने हुन्छ । क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्यूनतम दूरी तीनदेखि पाँच फिट हुनुपर्ने तोकिएको छ । सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हीनतावोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्वारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिनेजस्ता विषय उल्लेख गरिएको छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्यरूपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकिन गरेर मात्रै खानुपर्ने, कुनै पनि पक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ । सो मापदण्डअनुसारको क्वारेन्टाइनमा दिनमा चारपटक खाना पाइन्छ । जसअनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवाखाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।

यो पनि…

तनहुँका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५९ पुग्यो

भानुको क्वारेन्टाइनबाट उपचारका लागी लैजादा बाटोमा मृत्यु भएका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

तनहुँ भानुको क्वारेन्टाइनमा बसेका मैबलका एक पुरुषको मृत्यु, पोखरामा स्वाब परीक्षण हुँदै

तनहुँका ४ सहित गण्डकी प्रदेशका १४ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ११७६ पुग्यो

तनहुँ शुक्लागण्डकीका १ जनासहित गण्डकी प्रदेशका थप २० जनामा कोरोना पुष्टि, कुल संक्रमित ११४९

आँबुखैरेनीका चिकित्सकसहित थप ५ जनाले जिते कोरोना, तनहुँमा निको हुनेको संख्या १०० पुग्यो

तनहुँको म्याग्दे गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या १४१ पुग्यो

तनहुँमा कोरोना जित्नेको संख्या ९५ जना पुग्यो, डिस्चार्ज भएर घर फर्किए

तनहुँमा एकैदिन ३२ जनाले जिते कोरोना, जिल्लामा निको हुनेको संख्या ६७ पुग्यो

व्यासका ६ वर्षीय बालकसहित तनहुँका २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४० पुग्यो

तनहुँका ९ जनासहित गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित, कुल संक्रमित १०६३ पुग्यो

तनहुँका ३ जनासहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या १ हजार १४

तनहुँका १ जनासहित गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ९९४ पुग्यो

दमौलीको आइसोलेसनमा युवाको सहयोग: कोरोना संक्रमितलाई एक महिनासम्म दैनिक २० लिटर दुध

तनहुँको व्यास नगरपालिकाका ५ जनामा कोरोना पुष्टि, तनहुँमा संकमितको संख्या १२४ पुग्यो

तनहुँ बन्दिपुरको ४ जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११९ पुग्यो

तनहुँका एक वर्षीय बालकसहित ६ जनाले जिते कोरोना, निको भएर घर फर्किनेको संख्या तनहुँमा १६ पुग्यो

तनहुँका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८ पुग्यो

बन्दिपुरका कोरोना संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन: गाउँपालिका अध्यक्षसहित १०१ जनाको परीक्षणका लागी पठाईयो

तनहुँमा कोरोना संक्रमित बढेसंगै आइसोलेसन पनि थपिदै, तनहुँमा संक्रमितको संख्या १०२ पुग्यो

तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

सुरक्षाकर्मीमा कोरोना पुष्टि: तनहुँको आबुखैरेनीमा पीसीआरका लागि जनप्रतिनिधिसहित ९५ जनाको स्वाब संकलन

तनहुँको म्याग्दे गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

तनहुँको देवघाटसहित गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

तनहुँका थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९० पुग्यो

आइसोलेसन तयार नहुँदा तनहुँ ऋषिङका २१ जना कोरोना संक्रमित ‘क्वारेन्टाइन’ मै

तनहुँका १ जनासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ