तनहुँ । गण्डकी प्रदेशका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा तनहुँका २ जना, पर्वतका १ जना, बागलुङका २ जना, म्याग्दीका १ जना र स्याङ्गजाका १ जनाको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँको घिरिङ गाउँपालिकाका ४६ र २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय ६१ जना पुगेको भने निको हुनेको संख्या १०० जना पुगेको छ ।
त्यस्तै पर्वतको मोदी गाउँपालिकाकी ३० वर्षिया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाका २३ वर्षीय पुरुष र गल्कोट नगरपालिकाकी २२ वर्षिया महिलामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी म्याग्दीको मालिका गाउँपालिकाका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३० वर्षीय पुरुषमा समेत सोमबार कोरोना संक्रमण भएको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ११९९ जना पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु क्वारेन्टाइनमा रहेको र उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग