तनहुँ । तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँसहित गण्डकी प्रदेशका थप २५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै गण्डकी प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको भिमाद नगरपालिकामा २, आँबुखैरेनी गाउँपालिकामा १ गरि ३ जना संक्रमित थपिएका छन् । यो संगै तनहुँमा कुल कोरोना संक्रमित १६४ जना छ ।
आँबुखैरेनीमा आज कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनास नगरपालिका-१० घर भई हाल आँबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सैनिक रहेको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
प्रमुख उपाध्यायका अनुसार संक्रमित पुरुष रामशाह माविको क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा पठाइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ६४ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा ८ जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग