जिल्लाकाे व्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ५६ र ३० वर्षीय ३ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाका ४० वर्षीय पुरुष र भानु नगरपालिका १७ वर्षीय पुरुष गरी आज (आइतबार) थप ६ जनामा काेराेना पुष्टि भएको छ ।
त्यस्तै निको भएर घर फर्किनेको संख्या भने १०० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ५९ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा ८ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना, भिमाद नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या १०० जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ७ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २४ जना, आँबुखैरेनी गाउँपालिकाका ४ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी १०० जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध