तनहुँ । तनहुँका ४ जनासहित गण्डकी प्रदेशका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका ४ जना संगै गण्डकी प्रदेशको म्याग्दीका २ जना, स्याङजाका ३ जना, बागलुङका ३ जना र कास्कीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दिपुर गाउँपालिकाका १९ र १६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाका ३३ वर्षीय पुरुष गरी ४ जनामा काेराेना पुष्टि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १५३ जना पुगेको छ भने निको हुनेको संख्या १०० जना पुगेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ५३ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा २१ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ११ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना, भिमाद नगरपालिकामा १० जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या १०० जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ७ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २४ जना, आँबुखैरेनी गाउँपालिकाका ४ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी १०० जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० वर्षीय पुरुष र अन्नपुर्ण गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी स्याङजाको चापाकोट नगरपालिकाका २९ वर्षीय पुरुष, वालिङ नगरपालिकाका २० वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै बाग्लुङको वडीगाड गाउँपालिकाका २८ वर्षीय पुरुष, गल्कोट नगरपालिकाको २५ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसगरी पोखरा महानगरपालिकाका ८९ र २५ पुरुषका कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
शुक्रबार क्षयरोग उपचार केन्द्र पोखरामा २६७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा २३९ नमुनाहरु परीक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो पनि…
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो