तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या १४२ जना पुगेको छ । जसमध्ये १०० जना निको भईसकेका छन् ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४२ जना पुगेको छ भने १०० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा १० जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष र भीसेनथापा गाउँपालिकाकी एक महिला रहेका छन् ।
यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।
सम्बन्धित खबर
२५ करोडमा बन्दैछ गण्डकी प्रदेशको संसद भवन
बौद्ध दर्शन जीवनसँग जोडिने विषय हो: निवर्तमान मुख्यमन्त्री अधिकारी
पोखरा विमानस्थल निर्माणका क्रममा १४ अर्ब भ्रष्टाचार भएको निष्कर्ष
वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट, न्युरोडमा थाइराइड सित्तैमा
हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान
पोखराको राबजारबाट लागू औषध ब्राउनसुगरसहित २ जना पक्राउ
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते