किरण श्रेष्ठ, तनहुँ । तनहुँमा सोमबार १२ जना र मंगलबार एकै दिन १८ जना कोरोना संक्रमित उपचारपछि आइसोलेसनबाट डिस्चार्ज भएका छन् । उनीहरु तनहुँको विभिन्न स्थानिय तहले निर्माण गरेको आइसोलेसनमा उपचारत थिए ।
दुई हप्तासम्म आइसोलेसनमा बसेपछि सोमबार र मंगलबार उनीहरुलाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

सोमबार (असार २२ गते) कोरोना जितेर घर फर्किनेहरुमा व्यास नगरपालिकाका ३ जना, ऋषिङ गाउँपालिकाका ६ जना र भानु नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छन् ।
उनिहरु व्यास नगरपालिका व्यास-३ स्थित क्रियापुत्री भवनमा निर्माण गरेको आइसोलेसनमा रहेका थिए । उक्त आऐसोलेसन १६ बेड क्षमताको रहेको छ ।
पछिल्लो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको आइसोलेसनमा कार्यरत अहेव महेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार (असार २३ गते) कोरोना जितेर घर फर्किनेहरुमा बन्दिपुर गाउँपालिकाका ११ जना, भिमाद नगरपालिकाका ४ जना, आबुखैरेनी गाउँपालिकाका २ जना र व्यास नगरपालिकाका १ जना रहेका छन् ।
तनहुँमा आइतबार (असार २१ गते) एकै दिन ३० जना कोरोना संक्रमित र २ जना कुरुवा (१४ कोरोना संक्रमित बालिकाका बुबा र आमा) गरी ३२ जना आइसोलेसनबाट डिस्चार्ज भएका थिए ।
जिल्लामा बुधबार(असार २४ गते) सम्म १ सय ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँमा कोरोना जित्नेको संख्या ९५ जना पुगेको छ ।
तनहुँको कुन स्थानिय तहका कति जनाले जिते कोरोना ?
तनहुँमा कोरोना जितेर घर फर्किनेको संख्या ९५ जना पुगेको छ । तनहुँको व्यास नगरपालिकाका ९ जना, भानु नगरपालिकाका ५ जना, शुक्लागण्डकी नगरपालिकाका ५ जना, ऋषिङ गाउँपालिकाका ३० जना, घिरिङ गाउँपालिकाका २२ जना, आँबुखैरेनी गाउँपालिकाका ३ जना र म्याग्दे गाउँपालिका ६ जना, बन्दिपुर गाउँपालिकाका ११ जना र भिमाद नगरपालिकाका ४ जना गरी ९५ जनाले कोरोना जितेर निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय ४१ जना पुगेको छ भने ९५ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १७ जना, ऋषिङ गाउँपालिकामा ४२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ९ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ६ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने