तनहुँ । तनहुँका थप १ जनासहित गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा बुधबार २८ नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ९९४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहुँमा १ जना गरि कुल २८ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये तनहुँको शुक्लागण्डकीमा एक महिला हुन् । त्यस्तै नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना ।

कास्कीको पोखरा महानगरपालिकामा १ पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।
बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो ।
यो पनि:
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो