किरण श्रेष्ठ, तनहुँ । तनहुँमा कोरोना संक्रमित बढेसंगै थप नयाँ आइसोलेसन र भएका आइसोलेसनमा बेड थप्ने कार्य तिब्र अगाडी बढाइएको छ ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा थप २० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय भएको छ ।
शुक्लागण्डकी नगर कार्यपालिकाको सोमबार बसेको बैठकले हाल रहेको आइसोलेसन बेड कमि भएकाले पहिलो तल्लामा २० बेडको आइसोेलेसन बेड थप्ने निर्णय गरेको प्रवक्ता खिम बहादुर कुमालले जानकारी दिए ।
अहिले अस्पतालमा ३० बेडको आइसोलेसन रहेको छ । ३० वटै बेड कोरोना संक्रमितले भरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठल बताए ।
अहिले सम्म उक्त अस्पतालमा बसेका १० जना कोरोना संक्रमित निको भएर फर्कीसकेका छन ।
साथै स्वाब परिक्षणका लागि पीसीआर मेसीन खरिद गर्ने निर्णय गरिएको छ । तनहुँका १० वटै स्थानीय तह मिलेल पीसीआर मेसीन खरिद गर्ने निर्णय गरेका थिए ।
यसको जिम्मा शुक्लागण्डकी नगरपालिकालाई दिइएको थियो ।
त्यस्तै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिएका छ्न।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशन कक्षको निरीक्षणपछि उनले जिल्लामा थप आइसोलेशन कक्षको आवश्यकता रहेकाले त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लामा आइसोलेसन कक्ष थप गर्नका लागि ठाउँको खोजी गरिएको जानकारी दिए । तनहुँमा शुक्रबार सम्म १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनलाई आइसोलेसन बनाइएको छ । जहाँ ७० बेड क्षमता रहेको छ । अहिले उक्त आइसोलेसनमा ऋषिङ गाउँपालिकाका २१ जना, म्याग्देका ९ जना र व्यासका २ जना कोरोना संक्रमित रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा ३० जना (व्यासकी १ जना महिला होम आइसोलेसनमा), दमौली अस्पतालको आइसोलेसनमा १५ जना, शुक्लागण्डकी स्थित जिपि कोइरला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० जना, भिमाद स्थित प्राविधिक शिक्षालयमा ४ जना र बन्दीपुर अस्पतालको आइसोलेसनमा ११ जनालाई रखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्थामा समान्य रहेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०२ जना पुगेको छ भने १० जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १० जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो