तनहुँ । तनहुँका थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिलामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका ३१, ४४, २२, ५३, ४५, २० र २९ वर्षका पुरुष त्यस्तै २३ र ३४ वर्षका महिलामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा पठाउने तयारी भईरहेको म्याग्दे गाउँपालिकाले जनाएको छ ।
म्याग्दे गाउँपालिकाको वडा नम्बर ७ स्थित ३ वटा क्वारेन्टाइनमा बसेकाहरुमा आज बिहिबार एकैदिन संक्रमण पुष्टि भएको हो ।
म्याग्दे-७ स्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनका ६ जना, मिलिजुली आधारभूतका २ जना र सरस्वती आधारभूतका १ जना गरि कुल ९ जनामा कोरोना संक्रमण पुष्टि भाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी दिए ।
उनीहरु सबै संक्रमित भारतबाट फर्किएका हुन् । गत असार ४ गते उनीहरुको थ्रोट स्वाब लिइएको थियो । तनहुँको म्याग्दे गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको हो ।
आज पुष्टि भएका कोरोना संक्रमितलाई दमौलीको आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख घिमिरेले जानकारी दिए ।
‘हामि संक्रमितहरु लाई लिन जादै छौ ।’ प्रमुख घिमिरेले भने ‘सबैलाई दमौलीको आइसोलेसनमा लैजाने तयारी हुदैछ ।’
योसंगै तनहुँमा संक्रमितको संख्या १ सय पुगेको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छ्न ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १०० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो