तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका एक पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
घिरिङ-३ गैह्र्राथोकका स्थानीय ४९ वर्षीय हिरासिंह परियार मंगलबार राति करिब ८ बजे भवनभित्रै क्वारेन्टाइनमै झुन्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद रिमालले जानकारी दिए ।
परियार भारतबाट असार ४ गते घर फर्किएका थिए ।
उनलाई असार ४ मा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट गाउँपालिकाले लगेर गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
‘उनी असार ५ मा उक्त क्वारेन्टाइनबाट भागेका थिए । निरिक्षक रिमालले भने ‘क्वारेन्टाइनबाट भागेका उनलाई असार ६ गते घिरिङकै थानीवन सामुदायकि वनमा फेला पारेर चन्द्रज्योति माविको क्वारेन्टाइनमा राखेका हौ ।’
मृतकका परिवार र प्रहरीलाई घटनाबारे जानकारी गराइसकिएको र उनीहरु घटनास्थलमा पुगेपछि आवश्यक अन्य प्रक्रिया अघि बढ्ने घिरिङ गाउँपालिकाका अध्यक्ष रन बहादुर थापालले जानकारी दिए ।
यो पनि:
यो पनि:
सम्बन्धित खबर
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
बोलेरो जीप दुर्घटना, ३०० कुखुरा मरे
पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मानः रुपा र देवीले कुर्सी दिए
आगलागीबाट तीन लाख बराबरको क्षति
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन