तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी(प्रहरी) सहित ११ जनामा काेराेना पुष्टि भएको छ ।
सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाको आपतकालिन बैठक बसि सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पुर्णसिंह थापाले बताए ।
बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर एक हप्ताका लागि पुर्ण बन्द गर्ने निर्णय गरेको छ ।
साथै गाउँपालिका अन्तरगतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा बन्दिपुर गाउँपालिकाका ३१, ५४, २०, १९, ३४, ३८, २६, ४२ र २५ उमेर समुहका ९ जना पुरुष र ३५ वर्षीय १ महिलामा संक्रमण पुष्टि भएको जनाएको छ भने गाउँपालिकाले ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
गाउँपालिकाका अनुसार क्वरोटाइनमा रहेका व्यक्ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायत ३४ जनाको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार चिकित्सक सहित २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी र २ वटा स्थानमा रहेको क्वारेटाइनमा रहेका ८ जना समेत गरी ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवाहरु र इलाका प्रहरी कार्यालय बन्दीपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी गराए ।
गाउँपालिकामा क्षेत्रमा थप संक्रमण फैलन नदिनका लागि बन्दाबन्दीको निर्णयलाई पूर्ण रुपमा पालना गर्न, सबै गाउँपालिका बासिलाई उच्च मनोवलका साथ भौतिक दुरी कायम गरी आफु र समुदायलई सुरक्षित रहन अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
यस्तै, तनहुँमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ ।
यो पनि:
सम्बन्धित खबर
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते
बोलेरो जीप दुर्घटना, ३०० कुखुरा मरे
पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
नागमन्दिर संरक्षण समितिद्वारा सहयोगी सम्मानः रुपा र देवीले कुर्सी दिए
आगलागीबाट तीन लाख बराबरको क्षति
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन