तनहुँ । तनहुँका थप २५ जनामा आज शनिबार बिहान एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएको मध्य ऋषिङ गाउँपालिकाका २१ जना, व्यास नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका २ जना कोरोना सङ्क्रमित थपिएको हो ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ६८ जना पुगेको छ । जसमध्य ऋषिङ गाउँपालिकाका २ जना निको भएर घर फर्किसकेका छन ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ
आज मात्रै गण्डकी प्रदेशमा नयाँ ५८ जना संक्रमित थपिएका सबैजना संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन ।
उनीहरु लाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

आज थपिएकाहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा परिक्षण गरिएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या ६८ जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ५ जना, ऋषिङ गाउँपालिकामा ३१ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तो छ गण्डकी प्रदेशमा काेराेना भाइरस संक्रमण [ जिल्लागत विवरण ]
आज शनिबार (असार ६ गते) गण्डकी प्रदेशमा थप ५८ नयाँ कोरोना संक्रमित थपिए संगै गण्डकीमा कुल संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
जसमध्ये कास्कीका १५, पर्वतका ४३, बाग्लुङका ७४, म्याग्दीका ४, मनाङका १, लमजुङका १, गाेरखाका ४१, तनहुँका ६८, स्याङ्जाका ७६ र नवलपुरका ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण स्याङ्जा जिल्लाका १ जना वृद्धको मृत्यु भएको छ ।
यो पनि:
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला