पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा आइतबार बिहान नयाँ १६ संक्रमित फेला परेका छन् । तनहुँमा १, बाग्लुङमा ९, म्याग्दीमा ४ र पर्वतमा २ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुको ऋषिङ गाउँपालिकाका २९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरणमा उल्लेख छ । योसंगै तनहुँमा संक्रमितको संख्या ७१ जना पुगेको छ ।
त्यसैगरी बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै पुरुषहरु हुन् । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका छन् ।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिकामा ९ वर्षीया बालिका र ३० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही गाउँपालिकाका ३३ वर्षका पुरुष र मंगला गाउँपालिकाका २० वर्षका पुरुष पनि कोरोना संक्रमित छन् ।
पर्वतको कुश्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यो पनि:
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु