तनहुँ । तनहुँका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ ।
सोमबार साँझ तनहुँमा थपिएका मध्ये भिमाद नगरपालिकाका ३, घिरिङ गाउँपालिकाका १, आँवुखैरेनी गाउँपालिकाका ३ र बन्दिपुर गाउँपालिकाका ११ रहेका छ्न ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बन्दिपुर गाउँपालिकामा १० जना संक्रमित पुष्टि भनेतापनि बन्दिपुर गाउँपालिकाले भने संक्रमितको संख्या ११ जना रहेको बताएको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, भिमाद नगरपालिकाका ३ जना, आँवुखैरेनी गाउँपालिकाका ३ जना र बन्दिपुर गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा संक्रमितलाई उपचार गर्न शुक्लागण्डकी नगरपालिकाको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसन ३०, व्यास नगरपालिकामा १६ र बन्दिपुर गाउँपालिकामा ८ गरी ५४ शय्या क्षमताको आइसोलसन कक्ष निर्माण गरिएको छ ।
यो पनि:
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस