किरण श्रेष्ठ, तनहुँ । तनहुँमा सोमबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आज(सोमबार) बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये जना ४ जना अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
बन्दिपुरमा थपिएका मध्य वर्ष २३, २६ ३६, ३६ र १९ वर्षका ५ जना महिला छन् भने वर्ष ३१,४४,४० र ४८ का ४ जना पुरुष रहेका छ्न । त्यस्तै घिरिङ गाउँपालिकाकी ३० वर्षिया १ जना महिलामा कोरोना पुष्टि भएको हो ।
आज १० जना कोरोना संक्रमित थपिए सँगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय १९ जना पुगेको छ ।
आइतबार मात्रै लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत
३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
बन्दिपुरका ५ जना र घिरिङका १ जना कोरोना संक्रमित भारतबाट आएका हुन् । बन्दिपुरका अन्य ४ जना भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी/कर्मचारी हुन् ।
गत असार ८ गते बन्दिपुर गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै असार ९ गतेदेखि बन्दिपुर गाउँपालिकाले असार १६ गतेसम्म गाउँपालिका सिल गरेको थियो । उक्त एक हप्ते सिल कोरोना संक्रमण बढेसंगै बन्दिपुर गाउँपालिकाले असार २२ गते सम्म लब्याएको छ ।
असार ८ गते गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि थप कन्ट्रयाक्ट ट्रेसिङ गरि गत असार १० गते बन्दिपुर गाउँपालिकाका अध्यक्षसहित १०१ जनाको थ्रोट स्वाब संकलन गरि पोखरा पठाइएको थियो ।
जसमध्ये ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । अन्यको भने रिपोर्ट नेगेटिभ आएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । अत्यावश्यक काम बाहेक बाहिर नहिड्न गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय १९ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ११ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?