तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको सडकको मर्मत सम्पन्न भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल परेको वर्षासँगै गत साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय तनहुँले भासिएको सडक मर्मत गरेपछि राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
डिभिजन सडक कार्यालयले शनिबारदेखि सडक मर्मतको काम थालेको थियो । उक्त सडकखण्ड गत शनिबार रातिदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।

सडक भासिएपछि सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग बनाइएपनि सवारी साधन फस्न थालेका थिए ।
वैकल्पिक मार्गमै पटकपटक सवारी साधन फस्न थालेपछि शनिबार बिहानैदेखि राजमार्ग उक्त भासिएको खण्ड पुर्ण बन्द गरेर मर्मत शुरु गरिएको थियो ।
काम त सकियो तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

मूलको पानि कटाउन राखिएको प्लास्टिकको कालो पाइप । तस्बिर : भानुभक्त पोख्रेल
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’ अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।
यो पनि :
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते