किरण श्रेष्ठ, तनहुँ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडक मर्मत भईरहेको छ ।
गत मंगलबार भासिएको सडक पुर्ण मर्मत गर्नको लागि सडक पुर्णरुपमा बन्द गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।

‘एम्बुलेन्स र भिआईपी बाहेक अन्य सवारी पास हुदैन । प्रमुख रानाभाटले भने ‘आज दिनभरमा सडक पुर्ण मर्मत गर्ने गरि काम सुरु भएको छ । उनले थपे ‘आज बेलुका सम्म काम सकिए सडक सुचारु हुन्छ नत्र खुल्दैन ।’
बैकल्पिक बाटो अत्यावश्यक प्रयोजनका लागि मात्रै प्रयोग गरिने प्रमुख रानाभाटले जानकारी दिए ।
सडक पुरै बन्द गरेर आज बेलुका सम्म पुर्ण सुचारु गर्ने गरी काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘अत्यावश्यक सवारीका लागी बैकल्पिक सडक रहेको तर रातोमाटोले गर्दा हिलो भएको रहेछ ।

सहायक प्रजिअ बरालले भने ‘ग्राभेल गरेर अत्यावश्यक सवारीको लागी बाटो सहज बनाईदै छ ।’ सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले सडक मर्मतको काम गरिरहेका छन ।
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
‘मूलको पानि आइरहेको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘पानि कटाएर मर्मत गर्नुपर्ने सडक त्यतिकै गरिदै छ ।’ उनले अगाडी भने ‘काम भएपनि अलमल भने भईरहेको छ ।’ बैकल्पिक बाटोमा ग्राभेलको काम समेत नभएको उनले बताए ।

उक्त भासिएको सडकको कुनापट्टि डाईभर्सन बनाएको छ तर ग्राभेल बिना सबै खाले सवारी साधन संचालन गर्दा मालबहाक सवारी फस्ने गरेको थियो ।
प्रत्येक पटक जेसिबीको सहायताले सवारी पास गराउदै आएको थियो । डाईभर्सन गरिएको सडकछेउमा ग्राभेल नगर्दा मालबाहक सवारी फसेर यात्रु र चालकले सास्ती खेप्नुपरेको थियो ।

गत बिहिबार साँझ ठुलो सवारीले उक्त डाईभर्सन अप्ठ्यारो (हिलो) भएको भन्दै सडकको तलबाट अर्को बाटो प्रयोग गर्दा स्थानियले आफ्नो घर जोखिम परेको भन्दै बाटो अबरुद्द समेत गरेका थिए ।
ठुला मालवहाक सवारी समेत तलबाट जादा आफ्नो घर जोखिममा परेको स्थानीयको भनाइ थियो ।

सडक डिभिजन कार्यालय दमौलीले ढिलासुस्ती गर्दा गत मंगलबार बिहानदेखि भासिएको सडक मर्मत हुन सकेको थिएन । यो अवधिमा हजारौं यात्रुले दु:ख बेहोर्न बाध्य बने ।
यो पनि :
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’