किरण श्रेष्ठ, तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा मंगलबार दिउसो खुलाइएको सडक फेरी अवरुद्ध भएको छ । हिजो बिहानदेखि अवरुद्ध भएको बाटो हिजो (मंगलबार) दिउँसोबाट एकतर्फी खुलाइएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित नाहालामा सडक भाँसिएर बाटो भत्केपछि मंगलबार डाईभर्सन बनाईएको थियो । सडकको वारपार नै करिब १० मिटर भासिएर सडक अवरुद्ध बनेको थियो ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा सडक भासिएपछि बनाईएको डाईभर्सन (बैकल्पिक सडक)मा मालवाहक ट्रक फसेकोले बुधबार दिउँसो १२:३० बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाका अनुसार डाईभर्सन (बैकल्पिक सडक)मा हिलो हुँदा मालवाहक ट्रक फसेकाले सडक अवरुद्ध भएको छ ।
‘राजमार्गको छेउमा बनाइएको डाईभर्सनमा ट्रक फसेकाले सडक अवरुद्ध भएको हो ।’ डिएसपी तिमिल्सेनाले भने ‘जेसिबीको प्रयोग गरेर निकाल्ने काम भईरहेको छ । उनले थपे ‘ हिजोदेखि लगातार सवारी आवतजावत हुँदा बाटो हिलो भएको हुँदा समस्या देखिएको हो ।’

आवश्यक मात्रमा ढुङ्गा, गिट्टीको ब्यवस्थापन हुन नसक्दा हिजोदेखि भरपर्दो एबं बलियो डाइभर्सन निर्माण हुन सकेको छैन ।

भिडियो :
फोटो/भिडियो सौजन्य : रबिन पौडेल
यो पनि…
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए