किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडकको मर्मत भईरहेको छ । पृथ्वी राजमार्गमा पर्ने उक्त सडक गत मंगलबार भासिएको थियो ।
गत आइतबारदेखि परेको अविरल वर्षाका कारण गत मंगलबार उक्त स्थानमा सडक भासिएको थियो । भासिएको सडक अझै सञ्चालनमा आउन सकेको छैन । मंगलबार भाँसिएको सडक मर्मत नसकिँदा राजमार्ग सुचारु हुन नसकेको हो ।

सडकको तल फ़ुटेको पानि कटाउन ह्युम पाइप राखेर कटाउनुपर्ने भएपनि सो अनुसार काम नभएको बन्दिपुर-१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’
अहिलेसम्म ग्याबिन जालिको काम आधा मात्र भएको र ग्राभेलको काम भईरहेको वडाअध्यक्ष पोख्रेलले बताए । अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।

सो विषयमा बुझ्न सडक डिभिजन कार्यालय दमौलीमा गण्डकन्युजले पटक-पटक सम्पर्क गर्दा इन्जिनियरको मोबाइल अफ रहेको थियो ।
आज शनिबार सडक पुरै बन्द गरेर आज राति सम्ममा सडक सुचारु गर्ने गरी काम भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
‘अत्यावश्यक सवारीका लागी बैकल्पिक सडकमार्फत आवतजावतको व्यवस्था मिलाएका छौ ।’ सहायक प्रजिअ बरालले भने ‘आज राति १० बजेसम्म भएपनि बाटो खुलाउने गरी काम भईरहेको छ ।’ उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले मर्मतको काम गरिरहेका छन ।

सडक पुर्ण मर्मत गर्नको लागि सडक पुर्णरुपमा बन्द गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।
‘एम्बुलेन्स र भिआईपी बाहेक अन्य सवारी पास हुदैन । प्रमुख रानाभाटले भने ‘सडक मर्मतको काम भई रहेको छ, काम सकिए सडक सुचारु हुन्छ नत्र हुँदैन ।’
बैकल्पिक बाटो अत्यावश्यक प्रयोजनका लागि मात्रै प्रयोग भएको प्रमुख रानाभाटले जानकारी दिए । जिल्लाको आँबुखैरेनी, डुम्रे, घाँसीकुवा, दमौलीमा सवारी साधान रोकेर सडक निर्माण कार्यलाई सहज बनाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा धेरै सवारी साधान अलपत्र परेका छन् ।

उक्त भासिएको सडकको कुनापट्टि ग्राभेल बिना डाईभर्सन बनाएर सबै खाले सवारी साधन संचालन गरिएको थियो तर मालबहाक सवारी फस्ने गरेपछि शनिबार सडक मर्मत गरिएको हो ।
गत बिहिबार साँझ ठुलो सवारीले उक्त डाईभर्सन अप्ठ्यारो (हिलो) भएको भन्दै सडकको तलबाट अर्को बाटो प्रयोग गर्दा स्थानियले आफ्नो घर जोखिम परेको भन्दै बाटो अबरुद्द समेत गरेका थिए ।
यो पनि :
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’