किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर-१ नाहालामा भासिएको पक्कि सडकको मर्मत कार्य जारी रहेको छ ।
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको दमौली-डुम्रे सडक खण्ड नाहालामा सडक भासिएपछि गत एक हप्तादेखि राजमार्गको यात्रा असहज बनेको छ ।
उक्त स्थानमा करिब १० मिटर बढि भाँसिएको सडक हिजो शनिबार राति करिब ११:३० बजेबाट एकतर्फि सडक सुचारु गरिएको छ ।
अविरल वर्षाका कारण सडक भाँसिएपछि गत मंगलबारदेखि अवरुद्ध उक्त सडक खण्ड शुक्रबारदेखि पूर्णरुपमा बन्द गरिएको थियो ।
डाइभर्सनमा ठूला सवारी साधान फस्न थालेपछि शुक्रबारदेखि राजमार्ग नै पूर्णपमा बन्द गरी सडक निर्माण कार्य अगाडि बढाइएको डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर सचिन श्रेष्ठले बताए ।
‘भाँसिएको सडकखण्डमा ग्याविङ्गजालि भरेर अस्थायी रुपमा सडक निर्माण गर्ने कार्य तीब्र पारेका छौ ।’ श्रेष्ठले भने ‘आज साँझसम्म सडक पूर्णरुपमा सुचारु हुन्छ ।’
सडक मर्मतको काम भईरहेको छ तर सोचे अनुरुपको इञ्जिनियरिङ्ग भएको देखिदैन वडाअध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
‘मूलको पानि कटाउन प्लास्टिकको कालो पाइप हालिएको छ । वडाअध्यक्ष पोख्रेलले भने ‘त्यहाँ ह्युम पाइप हाल्नुपर्ने हो तर हालिएको छैन ।’ अहिले तत्कालका लागि होला तर दिर्घकालिन समाधान भने नभएको वडाअध्यक्ष पोख्रेलले बताए ।
हिजो शनिबार रातिदेखि एकतर्फी खुलेको र सवारी पास भईरहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए ।
उक्त सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ लगाएतले मर्मतको काम गरिरहेका छन ।
यो पनि :
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते