पोखरा पुम्दीभुम्दीकी सुस्मिता फेवातालमा मृत भेटिइन् (फोटो)

पोखरा पुम्दीभुम्दीकी सुस्मिता फेवातालमा मृत भेटिइन् (फोटो)

susmita

गण्डक न्युज, पोखरा । फेवातालमा पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी सुस्मिता लामिछानेको शव भेटिएको छ । उनको शव सोमबार बिहान १० बजे रेस्क्यु टोलीले तालबाट बाहिर निकालेको हो ।

आइतबार दिउँसो घरबाट निस्किएकी १६ वर्षीया सुस्मिता मध्येरात १२ बजेसम्म परिवारसँग फोन सम्पर्कमै थिईन् । फेवातालको ड्यामसाइडमा उनको मोबाइल र ब्याग फेला परेपछि तालमै हाम्फालेको आशंकामा उनको बिहानैदेखि खोजी सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

‘परिवारसँग १२ बजेसम्मै फोन भएको देखियो । ११ बजे राति ड्यामसाइडमा एउटी केटी यताउति हिँडिरहेको नजिकैका घरतिरका मान्छेले पनि बताएका छन् ।’ डिएसपी कार्कीले भने– ‘यसैको आधारमा खोजी गर्दा १० बजेमात्रै उनको शव भेटियो ।’

 

साथीको घरमा जान्छु भनी घरबाट हिँडेकी उनको झोला र मोबाईल बिहान ड्यामसाइड पार्कमा भेटिएको हो । उनले राति साढे १० बजेको समयमा आफ्नो घरमा आमालाई र छिमेकी एक जनालाई म्यासेज गरेको बताईएको छ ।

अपरान्ह साढे ४ बजेतिर उनी घरबाट निस्किएको र फोनमा आफू फर्कन पनि सक्ने, नफर्किने जस्ता कुरा गरेको परिवारलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । सुस्मिता छोरेपाटन माविमा कक्षा १० मा अध्ययनरत थिईन् । सुस्मिताले पछिल्लो समय औषधि सेवन गर्दै थिईन् ।

उनका बुबा दुर्गादत्त लामिछाने हाल वैदेशिक रोजगारीको क्रममा युएइमा छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि, ड्यामसाइड तल तालमा पोखरा रत्नचोक स्थित सबलाइम बोर्डिङ स्कुलमा अध्ययनरत १८ वर्षीया दीपा कुँवरले स्कुल ड्रेसमै ज्यान फालेकी थिईन् । भदौ २ गते स्याङ्जा पुतलीबजार नगरपालिका अरौदी घर भएकी कक्षा ११ मा म्यानेजमेन्ट अध्ययनरत १८ वर्षिया कुंवरले विद्यालय पोशाकमै फेवाताल बाँध मुनि रहेको बोक्सी रहमा हाम फालेर आत्महत्या गरेकी हुन् । आइडी कार्ड, माला, घडी र २० रुपैंया छाडेर उनी हाम्फालेकी हुन् ।

त्यही ठाउँमा साउन २३ यता २ जना पौडी खेल्दा बगेर बेपत्ता छन् । यसअघि पनि एक जनाको शव सोहि क्षेत्रमा भेटियो । हुन् । २० दिनभित्रै ५ जनाको ज्यान सो वरिपरि गईसकेको छ ।

तस्विर: मन गुरुङ

सम्बन्धित समाचारहरु

फेवाताल ड्याम मुनि फेरि अर्कोको ज्यान गयो । १० दिनमै ४ जना ! २ शव फेला, २ वेपत्ता

फेवाताल ड्याम मुनी अर्को शव भेटियो, दुई जना अझै वेपत्ता

फेवा ड्याम मुनी पौडी खेल्दा ३ दिनमै अर्का सहचालक पनि बेपत्ता

फेवातालको पानीले डेविजफल तिर बगाउँदा म्याग्दीका भुषाल बेपत्ता

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ