फेवातालको पानीले डेविजफल तिर बगाउँदा म्याग्दीका भुषाल बेपत्ता

फेवातालको पानीले डेविजफल तिर बगाउँदा म्याग्दीका भुषाल बेपत्ता

bikash bhusal

रञ्जन अधिकारी, पोखरा । फेवातालको पानी ड्यामबाट पातालेछाँगो तिर बहन्छ । वर्षाको समय, त्यसमाथि पानी पर्दा खहरे खोला जस्तो खतरनाक बन्छ । बगाउनासाथ पातालेछाँगोमा खस्ने हुँदा बाँच्न त परको कुरा शव भेटाउन समेत मुस्किल हुन्छ ।

सोहि ठाउँबाट तीन दिनदेखि एक युवक वेपत्ता छन् । म्याग्दी जिल्ला मङ्गला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका २४ वर्षीय विकास भुषालको अत्तोपत्तो छैन ।

विकास अन्य तीन साथीसँगै पौडी खेल्न पसेका थिए । फेवातालबाट बहने पानीमा उनीहरु अपरान्ह साढे ४ बजेतिर पसे । साथीहरुका अनुसार विकासलाई मात्र पौडन आँउथ्यो । उनी पौडेरै पारी पट्टी गए । फर्केर आउँदा पातालेछाँगोतिर बग्यो । साथीहरु किनारकिनारै तलतिर पुगे । फेला पार्न नसकेपछि स्थानीय र प्रहरी गुहारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

तत्काल प्रहरी पुग्यो । रातिसम्मै खोजतलास गरी विहीबार, शुक्रबार पनि खोजी गरिएको तर फेला पार्न नसकिएको कार्कीले जानकारी दिए । धेरै गर्मी भयो भन्दै विकासले नै साथीहरु बोलाएर लगेको साथीहरुले बताएका छन् ।

‘हामीलाई त पौडी खेल्न आउँथेन । विकासले नै खेल्न जाने भनेर गएको हुँ । हामी किनारतिर नै खेल्यौं । ऊ चाहिँ पौडेर पारी गयो । फर्केर आउँदा बगायो ।’ विकासका साथीहरुलाई उद्दृत गर्दै डिएसपी कार्कीले भने ।

भुषाल गाडीमा हेल्पर काम गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ