फेवा ड्याम मुनी पौडी खेल्दा ३ दिनमै अर्का सहचालक पनि बेपत्ता

फेवा ड्याम मुनी पौडी खेल्दा ३ दिनमै अर्का सहचालक पनि बेपत्ता

Fewa Dam Phewa

पोखरा । फेवातालको ड्याम मुनि पौडी खेल्दा अर्का युवक पनि बेपत्ता भएका छन् । तीन दिनअघि सोहि ठाउँबाट बगाएका युवकको अत्तोपत्तो छैन ।

शनिबार साँझ साढे ५ बजेतिर अर्का दुई साथी सहित ओखलढुंगाका २० वर्षीय अबिन राई पौडी खेल्न त्यहाँ पुगेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

आफ्ना अन्य २ जना साथीसँगै पौडी खेल्ने क्रममा उनी बगेका हुन् । एक जना पौडी खेल्न जान्ने साथीले बचाउन प्रयास गर्दा गर्दा डेविजफल तिर बगेको उनका साथीहरुलाई उद्दृत गर्दै डिएसपी कार्कीले जनाए । अविन र उनका साथीहरु पर्यटक बसका परिचालक हुन् । उनीहरु काठमाण्डौ-पोखरा बसमा काम गर्छन् ।

गत साउन २३ गते सोहि ठाउँबाट बगाएका म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका गाडीकै हेल्पर २४ वर्षीय विकास भुषाल अझैसम्म बेपत्ता नै छन् ।

हेर्नुहोस् समाचार:

http://gandaknews.com/bhusal-bepatta/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ