पोखरा । शुक्रबार साढे १ बजेतिर पोखराको फेवाताल ड्याम मुनि छात्रा डुबेको एक प्रत्यक्षदर्शीले देखे । त्यसपछि प्रहरीलाई खबर गरियो । २ नबज्दै बैदाम प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी पुगेर खोजतलास सुरु गर्यो । ड्यामको ढोका बन्द गरेर पानी सुकाएरै खोजी गरियो । लामो समय प्रयासपछि छात्राको शव भेटियो । त्यो पनि, स्कुल ड्रेसमै ।
त्यही ठाउँमा साउन २३ यता २ जना पौडी खेल्दा बगेर बेपत्ता छन् । यसअघि पनि एक जनाको शव सोहि क्षेत्रमा भेटियो । पोखरा रत्नचोक स्थित सबलाइम बोर्डिङ स्कुलमा अध्ययनरत १८ वर्षीया दीपा कुँवरले स्कुल ड्रेसमै ज्यान फालेकी हुन् । उनकी दिदी रक्षा कुँवरले घरमा कुनै समस्या नभएको बताएकी छिन् ।
स्याङ्जा पुतलीबजार नगरपालिका अरौदी घर भई हाल पोखरा रत्नचोक बस्ने सवलाइम बोर्डिङ स्कुल कक्षा ११ मा म्यानेजमेन्ट अध्ययनरत १८ वर्षिया दिपा कुंवरले विद्यालय पोशाकमै फेवाताल बांध मुनि रहेको बोक्सी रहमा हाम फालेर आत्महत्या गरेकी हुन् । आइडी कार्ड, माला, घडी र २० रुपैंया छाडेर उनी हाम्फालेकी हुन् ।
कुँवरको मृत शरीर शसस्त्र प्रहरी गण कालिका गण मालेपाटनबाट गएको टोलीले बाहिर निकालेको थियो । प्रहरी हवल्दार सरोज जैसीले कुंवरलाई पानीको भुमरीबाट बाहिर निकाल्न सफल भएका थिए ।
सम्बन्धित समाचारहरु
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए