गण्डकी मुख्यमन्त्री गुरुङको राजीनामा पछि काँग्रेसले भन्योः ‘अब हाम्रो सरकार’

गण्डकी मुख्यमन्त्री गुरुङको राजीनामा पछि काँग्रेसले भन्योः ‘अब हाम्रो सरकार’

Prithvi-subba-gurung-krishna-chandra-nepali

वैशाख १५ गते, गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक । जुन बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षीले दायर गरेको अविश्वासको प्रस्तावको छिनोफानो हुँदै थियो । तर, अविश्वासको पक्षमा निर्णायक मत रहेको राष्ट्रिय जनमोर्चाको एक सांसद खिमविक्रम शाही नै अनुपस्थित भएपछि पिएस नेतृत्वको सरकार त्यो दिन ढलेन । प्रस्तावित मुख्यमन्त्री नेपाली काँग्रेसका दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्रीको कुर्सीमा बस्ने दिन पनि धकेलियो ।

ठूलै कसरतपछि वैशाख २७ का लागि प्रदेशसभा बैठक आह्वान गरियो । तर यसको अघिल्लो दिन आजै मुख्यमन्त्री गुरूङले राजीनामा दिए । मुख्यमन्त्रीका रुपमा अघि सारिएका पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

उनले अब तीन दिनभित्रै नयाँ सरकार बनाउने बताए । अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित नेपालीले अब आफूहरु बहुमत सांसदसहित सरकार गठन गर्नतर्फ जुटेको बताएका हुन् । नेपाली काँग्रेसको २, माओवादी केन्द्रको ११, जसपाको २ र राष्ट्रिय जनमोर्चाको ३ गरी टुप्लुक्क ३१ मतका साथ विपक्षी गठबन्धनले नयाँ सरकार बनाउँदैछ ।

राष्ट्रिय जनमोर्चाका सबै ३ मत आएरपनि एमाले एक ढिक्का रहेमात्र गुरुङको सरकार जोगिने थियो । जनमोर्चाले सरकारको विपक्षमा मतदान गर्ने निश्चित भइसकेको अवस्थामा स्वतन्त्र सांसद दीपक मनाङे र माधव पक्षका एक सांसदको मत आफ्नै पक्षमा रहेपनि आवश्यक ३१ मत पुग्थेन । २८ मै सीमित रहने थियो । जनमोर्चाको साथ नपाएपछि अघिल्लो दिन नै मुख्यमन्त्री पदबाट गुरुङले राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।

विपक्षी दलका नेता पोखरेलले संसदको विशेष अधिवेसन मुख्यमन्त्री गुरुङको राजीनामासँगै निष्क्रिय भएको पनि बताएका छन् । अविश्वासको प्रस्ताव टुंगो लगाउने विजनेश पाएको अधिवेशन अब राजीनमा आएसँगै निष्क्रिय भएको पोखरेलको भनाई छ ।

संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले संघीय सरकारको सिको गर्दै बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए। लुम्बिनीमा पनि यही फर्मुला अपनाइएको थियो । बैशाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो।

विशेष अधिवेसनमा बैशाख १५ गते अविश्वास प्रस्तावमाथि छलफल गरेर मतदानमा लैजाने कार्यसूची थियो। त्यही दिन राष्ट्रिय जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।

यसबीचमा दीपक मनाङेलाई खेलकुद मन्त्रीका साथै माओवादी कोटाबाट मुख्यमन्त्री बनेका अमिक शेरचनलाई समेत पदमुक्त गरी एमालेकी नेतृ सीता कुमारी पौडेललाई नियुक्त समेत गरिएको थियो ।

सोमबार हुने अविश्वास प्रस्तावमा मतदान गर्न आइतबार नै विपक्षी दलका सांसदहरु पोखराको होटलमा आएर बसेका थिए।

सम्बन्धित समाचारः

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेश प्रमुखद्वारा ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

यस्तो छ ७ पन्ने राजीनामा वक्तव्य

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds