पोखरा । शुक्रबार साढे १ बजेतिर पोखराको फेवाताल ड्याम मुनि छात्रा डुबेको एक प्रत्यक्षदर्शीले देखे । त्यसपछि प्रहरीलाई खबर गरियो । २ नबज्दै बैदाम प्रहरी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी पुगेर खोजतलास सुरु गर्यो । ड्यामको ढोका बन्द गरेर पानी सुकाएरै खोजी गरियो । लामो समय प्रयासपछि छात्राको शव भेटियो । त्यो पनि, स्कुल ड्रेसमै ।
त्यही ठाउँमा साउन २३ यता २ जना पौडी खेल्दा बगेर बेपत्ता छन् । यसअघि पनि एक जनाको शव सोहि क्षेत्रमा भेटियो । पोखरा रत्नचोक स्थित सबलाइम बोर्डिङ स्कुलमा अध्ययनरत १८ वर्षीया दीपा कुँवरले स्कुल ड्रेसमै ज्यान फालेकी हुन् । उनकी दिदी रक्षा कुँवरले घरमा कुनै समस्या नभएको बताएकी छिन् ।
स्याङ्जा पुतलीबजार नगरपालिका अरौदी घर भई हाल पोखरा रत्नचोक बस्ने सवलाइम बोर्डिङ स्कुल कक्षा ११ मा म्यानेजमेन्ट अध्ययनरत १८ वर्षिया दिपा कुंवरले विद्यालय पोशाकमै फेवाताल बांध मुनि रहेको बोक्सी रहमा हाम फालेर आत्महत्या गरेकी हुन् । आइडी कार्ड, माला, घडी र २० रुपैंया छाडेर उनी हाम्फालेकी हुन् ।
कुँवरको मृत शरीर शसस्त्र प्रहरी गण कालिका गण मालेपाटनबाट गएको टोलीले बाहिर निकालेको थियो । प्रहरी हवल्दार सरोज जैसीले कुंवरलाई पानीको भुमरीबाट बाहिर निकाल्न सफल भएका थिए ।
सम्बन्धित समाचारहरु
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो