पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७८ आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्शनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् ।
कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टका २८ सेक्शनमा गरी १ हजार २ सय ५८ विद्यार्थी अध्ययनरत छन् । उच्च माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका कारण धेरै विद्यार्थीको रोजाईमा प्रतिभा मावि परेको हो ।
आइतबार एक समारोहका बीच विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थी एरिना पुर्जा पुनलाई बास्केटबल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे । प्रबन्ध निर्देशक थापाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको बताए ।

प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो । विद्यालयका प्लस टु निर्देशक किरण सापकोटाले प्रतिभाको गर्विलो ईतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । यस वर्ष कक्षा १२ को विज्ञान संकायमा सुप्रिया मल्लले ३.८५ जीपीए ल्याई कास्की जिल्लामा सर्वाेत्कृष्ट हुन सफल भएको र व्यवस्थापनतर्फ ३.७९ जीपीए ल्याई सिमरन थापा सर्वाेत्कृष्ट हुन सफल भएकाले विद्यार्थीद्वयलाई आधा तोला सुन र १० तोला चाँदीसहितको प्रतिभा रत्न अवार्डले पुरस्कृत गर्ने जानकारी दिए ।

वार्षिक खेलकुद कार्यक्रम संयोजक प्रेम शर्माका अनुसार स्पोर्टस् मीटमा छात्र/छात्रा बास्केटबल, छात्र/छात्रा भलिबल । छात्र फुटसल, सिंगल÷डबल छात्र÷छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । उनका अनुसार हिसान मिटमा छात्रा बास्केटबलतर्फ प्रथम हुन सकेको प्रतिभाले टेबलटेनिस र ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।
प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए भने स्वागत विद्यार्थी विपिन सुवेदीले गरे ।

विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ । मानवीय विपद्मा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको थियो ।


प्रतिभा माविको अहिलेसम्मका उल्लेखनीय कामका समाचारहरुः
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान
पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग
प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम, ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति
प्रतिभाका ३ विद्यार्थीे एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल
कृषि र वनविज्ञानमा पनि पूर्ण छात्रवृत्ति
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ