पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयको नाम शिक्षा क्षेत्रमा मुलुककै अग्रणी विद्यालयका रुपमा आउँछ, कारण यहाँका विद्यार्थीले प्राप्त गरेको नतिजा । उसो त गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय नै हो प्रतिभा । यस्तै, सामाजिक तथा खेलकुद क्षेत्रमा पनि प्रतिभा माविले आफूलाई यहाँ अग्रणी विद्यालयको रुपमा उभ्याएको छ ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।
मानवीय विपदमा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको छ । बाढीपहिरोमा परी विस्थापित भएकालाई राहत तथा पुनस्र्थापनामा सघाउने उद्देश्यका साथ विद्यालयले म्याग्दीका सिडिओ ज्ञाननाथ ढकाललाई सो रकम हस्तान्तरण गरिएको प्लस टु संयोजक एवं सञ्चालक समिति सदस्य किरण सापकोटाले जानकारी दिएका छन् ।
सहयोग रकम लिएर विद्यालयका विद्यार्थी, अभिभावक जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सिडिओ ढकालले जिल्लामा हुने हरेक सामाजिक तथा मानवीय सेवामा समुदायको सक्रियताबाट उत्साहित भएको बताए ।

प्रतिभा माविको अहिलेसम्मका उल्लेखनीय कामका समाचारहरुः
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो