पोखरा । चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा नगद एक लाख सहित सम्मान गरिएको छ ।
पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले इण्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिपले त्यहाँ गरेको उच्च प्रदर्शनको कदर स्वरुप पोखरामा आइतबार सम्मान गरेको हो । अटो वेज प्रालि पोखरा र प्रतिभा माविले संयुक्त रुपमा सन्दिपलाई नगद एक लाख सहित प्रशंसापत्र र दोसल्लाले सम्मान ग¥यो ।

सम्मान ग्रहणपछि सन्दिपले पोखरेलीको सम्मानबाट आफू हर्षित भएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता पढाईलाई दिएर सँगसँगै आफ्नो रोजाइको खेललाई अघि बढाउन आग्रह गरे । उनले पोखरामा आफूलाई मिलेको सम्मानले भविष्यमा राम्रो गर्न प्रेरित गरेको समेत बताए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलक्षेत्रले राष्ट्रलाई नै चिनाउने भएकाले यसतर्फ पनि सोच्दै प्रदेश सरकार खेलकुदको विकासमा लागि परेको बताईन् । उनले सन्दिप लामिछानेको प्रदर्शनबाट उनीसँगै सिंगो नेपालकै चर्चा भएको उल्लेख गरिन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिभा माविले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मान गरेकोमा खुशी प्रकट गरे ।

सो अवसरमा विद्यालयका अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल विश्व गोपाल पराजुली, कार्यक्रम संयोजक किरण सापकोटाले समेत बोलेका थिए ।

सम्मान अघि क्रिकेटर सन्दिपले विद्यालय हातामै पुगेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।
सम्बन्धित खबर
बाढीपीडितलाई चरक मेमोरियल अस्पतालमा उपचार निःशुल्क हुने
सिटिजन फर्निचरका कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए १,११,१११
पोखरा १३ का अध्यक्ष बरालले बाँकी कार्यकालको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
युनिस्टार एजुकेशन दशौं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै शैक्षिक सेवामा विस्तार
बाढीबाट भएको जनधनको अकल्पनीय क्षतिप्रति प्रदेश प्रमुख भट्टद्वारा दुःख व्यक्त
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन