पोखराको नदिपुर स्थित प्रतिभा माविका ३ विद्यार्थीले चिकित्सा शास्त्र अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि चिकित्सा शिक्षा अायाेग (एमईसी) ले लिएको प्रवेश परीक्षामा तीन विद्यार्थीले लाखौंको शुल्क पूर्ण रुपमा छुट हुने गरी नाम निकाल्न सफल भएका हुन् ।
संगम सुवेदी, राजन देवकोटा र दिपेश के. मण्डलले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । ११ हजार बढी विद्यार्थी एमबीबीएसका लागि प्रवेश परीक्षामा सहभागी थिए । जसमध्ये ४३ सय बढी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा पूर्ण छात्रवृत्ति पाउनेमध्ये प्रतिभाकै ३ जना विद्यार्थी परेका हुन् । विद्यालयको वर्षैपिच्छेको उत्साहजनक नतिजाले प्रतिभा मावि हौसिएको छ । २०७५ मा प्रतिभाकै विद्यार्थी जेएन मिलन काठमाण्डु युनिर्भसिटीमा एमबीबीएस इन्ट्रान्स टपर हुन् ।

कृषि र वनविज्ञानमा पनि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल
यसैगरी, प्रतिभाकै विद्यार्थीहरुले कृषि र बन विज्ञान पनि तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । राजन आचार्यले वन विज्ञान अध्ययन संस्थानमा गण्डकी प्रदेश मै टपर बन्दै पूर्ण छात्रवृत्ति पाएका छन् ।
प्रशान्त देवकोटा, प्रिजा सिग्देल, रितिशा बसेल, प्रजना पौडेलले फरेस्ट्री पढ्न फूल स्कलरशीप पाएका छन् । बिएससी एग्रिकल्चरमा प्रदीप नेवार, एलिशा लामिछाने, प्रतिक्षा कुँवरले पनि पूर्ण छात्रवृत्ति पाएका छन् ।

पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयको नाम शिक्षा क्षेत्रमा मुलुककै अग्रणी विद्यालयका रुपमा आउँछ, कारण यहाँका विद्यार्थीले प्राप्त गरेको नतिजा । उसो त गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय नै हो प्रतिभा । यस्तै, सामाजिक तथा खेलकुद क्षेत्रमा पनि प्रतिभा माविले आफूलाई यहाँ अग्रणी विद्यालयको रुपमा उभ्याएको छ ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद एक लाखले सम्मान गरेको विद्यालयले मुलुकभरमै २०७५ को कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरती पाण्डेलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरेको थियो । मानवीय विपदमा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले आर्थिक सहयोग समेत प्रदान गरेको थियो ।



सम्बन्धित समाचारः
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग
प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम, ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह